Call for Application: Barbara Adams Investigative Journalism Award-2017

Eligible candidates for the Barbara Adams Investigative Journalism Award – 2017 are requested to submit their application by March 30, 2018 (Chaitra 16, 2074). The application should include the work of investigative journalism accomplished in the year 2017.

बारबरा एडम्स खोजीपत्रकारिता सम्मान– २०१७ आह्वान
त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र बारबरा फाउण्डेसनको मातहतमा सञ्चालन हुने गरी स्वर्गीय बारबरा एडम्सले २०७० जेठ २ गते आफ्नो नाम अमर रहोस् तथा खोजी पत्रकारिताको माध्यमबाट समाजमा व्याप्त भ्रष्टाचार हटोस् भन्ने अभिप्रायले बारबरा एडम्स खोजी पत्रकारिता सम्मान (Barbara Adams Investigative Journalism Award ) स्थापना गर्नु भएको थियो । यो सम्मान अनन्तकालसम्म सञ्चालनका लागि उहाँले १० हजार अमेरिकी डलर (करिब १० लाख रुपैयाँ) राशीको अक्षय कोषसमेत स्थापना गर्नुभएको थियो । 
सन् २०१७ सालका लागि बारबरा एडम्स खोजीपत्रकारिता सम्मानका लागि सार्वजनिक जानकारीका लागि यो अपिल आह्वान गरिएको छ । उक्त सम्मान प्राप्त गर्न योग्य पत्रकार महानुभावहरुले आगामी वि.सं. २०७४ चैत १६ गते शुक्रबार (सन् २०१८ मार्च ३० तारिक) भित्र सन् २०१७ मा आफूले प्रकाशित र प्रशारण गरेका खोजी समाचार र अनुसन्धानात्मक लेख तथा सामाग्री प्रस्तुत गर्न आह्वान गरिन्छ । 
 सम्मान स्थापनाका उद्देश्य
खोजमूलक पत्रकारिताको माध्यमबाट समाजमा सुशासन र प्रजातान्त्रिक सुदृढीकरणका साथै व्यवसायिक पत्रकारितालाई मर्यादित तुल्याउनु तथा प्रजातान्त्रिक मूल्य र मान्यतालाई प्रोत्साहन गर्नु नै यसको प्रमुख उद्देश्य हो ।
१. गुणात्मक पत्रकारिताको विकासका लागि । 
२. सुशासन कायम गर्नु । 
३. भ्रष्टाचार शून्य समाज निमार्णका लागि सामाजिक अभियान । 
४. खोजमूलक पत्रकारिताको प्रोत्साहन गर्नु । 
 सम्मान सम्बन्धी जानकारी
क. पुरस्कार राशी १ लाख १ रुपैयाँको हुनेछ । 
ख. उक्त सम्मान एक सार्वजनिक कार्यक्रमको आयोजना गरि वितरण गरिने छ । 
ग.बारबरा एडम्स खोजी पत्रकारिता सम्मान व्यवस्थित रुपमा सञ्चालन गर्न र सम्मान सम्बन्धी निर्णायक मण्डलको समेत भूमिका निर्वाह गर्न एक समिति रहेको छ । 
घ. सम्मान त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र बारबरा शान्ति प्रतिष्ठान नेपालको संयुक्त सहकार्यमा सञ्चालन हुनेछ ।
 
सम्मानित हुने आधारहरु 
१. सम्मान प्राप्त गर्न प्रस्तुत गर्नु पर्ने खोजी समाचार र अनुसन्धानात्मक लेख तथा सामग्री नेपाली सञ्चार माध्यमबाट प्रकाशित या प्रसारित भएको हुनुपर्ने छ । 
२. प्रत्येक अंग्रेजी वर्षको जनवरीदेखि डिसेम्बर महिनासम्म प्रकाशित वा प्रसारित भएको समाचार र अनुसन्धानात्मक लेख तथा सामग्री हुनुपर्ने छ । सन् २०१७ को सम्मानका लागि सोही वर्षभित्र प्रकाशित र प्रसारित सामग्री हुनु पर्ने छ । 
३. खोजी समाचार र अनुसन्धानात्मक लेख तथा सामग्री नेपाली समाजसँग सम्बन्धित हुनु पर्नेछ । 
४. यो सम्मान प्राप्त गर्ने पत्रकार नेपाली नागरिक हुनु पर्ने छ ।
५. नेपाली सञ्चार माध्यम भन्नाले नेपाल सरकारको प्रचलित कानुनअनुसार सञ्चालित छापा, रेडियो, टेलिभिजन र अनलाइनभन्ने बुझ्नु पर्ने छ । 
६. सम्मान प्राप्तगर्न उमेरको कुनै हदबन्दी छैन ।
७. विशेष अवस्थामा सम्बन्धित सञ्चार संस्थाले समाचार र अनुसन्धानात्मक लेख तथा सामग्रीका लेखक या संवाददाताको नाम जानकारी दिन नचाहेको अवस्थामा यो सम्मान सम्बन्धित समाचार संस्थाले प्राप्त गर्न सक्ने छ । 
८. कुनै पनि सञ्चार संस्थाका प्रमुख व्यक्तिले समाचार र अनुसन्धानात्मक लेख तथा सामाग्रीको लेखक या संवाददाताको नाम सिफारिस गर्न सक्ने छन् । 
९. यो सम्मान प्राप्त गर्ने आधारहरु खुलाई बढीमा ५ सय शब्दको आवेदनसहित भिडियो क्लिप, अडियो क्लिप वा अनलाइन र छापामा प्रकाशित सामग्रीसहित योग्य पत्रकार महानुभावहरुले आगामी वि.सं. २०७४ चैत १६ गते शुक्रबार (सन् २०१७ मार्च ३०) भित्र सन् २०१७ मा आफूले प्रकाशित र प्रसारण गरेको खोजी समाचार या अनुसन्धानात्मक लेख तथा सामग्री प्रस्तुत गर्नु पर्नेछ । 
१०. पुरस्कारको घोषणाको अन्तिम निर्णय गर्ने अधिकार बारबरा एडम्स खोजी पत्रकारिता सम्मान सञ्चालक तथा निर्णायक समितिमा निहित रहने छ ।
 
पत्राचार ठेगाना 
बारबरा फाउण्डेसन 
अनामनगर, काठमाडौं
पोष्ट बक्स नम्बर: १९८५५  
फोन: ४२२८१९८/९८५१०४३९६५ 
इमेल: foundationbarbara@gmail.com
 पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग
रत्नराज्यलक्ष्मी क्याम्पस 
प्रदर्शनीमार्ग, काठमाडौं ।