Call for Application: Barbara Foundation COVID-19 Distinguished Award

Eligible candidates for the Barbara Foundation COVID-19 Distinguished Award are requested to submit their application by 10 July, 2021 (26 Ashad, 2078).

बारबरा फाउन्डेसन कोभिड–१९ विशिष्ट सम्मान आह्वान
यतिबेला नेपाल लगायत विश्वभरि नै कोरोना भाइरसको महामारीले जनजीवन आक्रान्त परेको छ । नेपालभित्र जनस्वास्थ्य क्षेत्रका समर्पित व्यक्तिहरू आफ्नो स्वास्थ्यको ख्याल नगरि दिनरात नेपालीहरूको सेवामा खटिरहनुभएको छ । अति आवश्यक क्षेत्रमा उत्कृष्ट सेवा गर्ने यस्ता व्यक्तिहरूलाई किया मोर्टसको नेपालमा एक मात्र आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले बारबरा फाउन्डेसन मार्फत एक करोड एक रूपैयाको सम्मान राशीको कोभिड–१९ विशिष्ट सम्मान प्रदान गर्ने निर्णय गरेको जानकारी गराउँदै योग्य व्यक्तिहरूको मनोनयनका लागि यो सार्वजनिक आह्वान गरिएको छ ।

सम्मान सम्बन्धि जानकारीः
१. सम्मान दिइने विधाहरू – चिकित्सक, नर्सिङ्ग, प्यारामेडिक, स्वास्थ्य सहयोगी कर्मचारी (शव वाहन ड्राइभर, एम्बुलेन्स ड्राइभर, स्वास्थ्य सरसफाईकर्मी, लण्ड्री लगायत कोभिड–१९ सँग सम्बन्धित कुनैपनि स्वास्थ्य सहयोगी भूमिका), अस्पताल/स्वास्थ्य संस्थाका व्यवस्थापन, कोभिड–१९ सँग सम्बन्धित जनस्वास्थ्यका विषयमा नीति नियममा योगदान दिएका व्यक्ति/संस्था, कोभिड–१९ को उपचार तथा रोकथाममा संलग्न निजी क्षेत्र, कोभिड–१९ को निदानमा संलग्न व्यक्ति/संस्था (जस्तै PCR ल्याब, कोभिड–१९ खोपसँग सम्बन्धित व्यक्ति/संस्था) ।
२. सम्मानको छनोट बारबरा फाउन्डेसन कोभिड–१९ विशिष्ट सम्मान निर्णायक समितिले गर्नेछ ।
३. मनोनयन आफैँले अथवा सहकर्मीले गर्न सक्नेछन् ।
४. मनोनित व्यक्ति नेपाली नागरिक हुनुपर्नेछ ।
५. आवेदन वा मनोनयन नआएका तर उल्लेख्य योगदान दिएको पर्याप्त आधार भएका कुनैपनि विधाका व्यक्ति वा संस्थालाई बारबरा फाउन्डेसन कोभिड–१९ विशिष्ट सम्मान निर्णायक समितिले मनोनयन गर्न सक्नेछ ।
६. मनोनित व्यक्ति/संस्था कोभिड–१९ महामारी विरुद्ध अग्रपङ्क्तिमा रही काम गरेको हुनुपर्नेछ साथै आफ्नो नियमित जिम्मेवारीभन्दा माथि उठी कोभिड–१९ रोकथाम, निदान, उपचार वा जनतालाई सुसूचित गर्ने काममा साहस र समर्पणका साथ योगदान गरेको हुनुपर्नेछ ।
७. मनोनयन/आवेदन सँगै बढीमा ५०० शब्दमा छनोटको औचित्यबारे विवरण सहितको मनोनित व्यक्ति कार्यरत संस्थाको प्रमुख वा विभागीय प्रमुखको सिफारिश समेत साथमा पेश गर्नुपर्नेछ ।
८. सिफारिश हुने व्यक्ति कुनै पनि सरकारी, गैर–सरकारी वा निजी संस्थामा आवद्ध हुन सक्नेछन् ।
९. मनोनयन गर्ने अन्तिम मिति २०७८ असार २६ गतेसम्म ।
१०. यस सम्मानको लागि योग्य व्यक्तिले बारबरा फाउन्डेसनको कार्यालयमा वा इमेल मार्फत् आवेदन पेश गर्न सक्नुहुनेछ ।

आवेदन पेश गर्ने ठेगाना:
बारबरा फाउन्डेसन
थिरबम सडक, बालुवाटार, काठमाडौँ
पोस्ट बक्स: १९८५५
फोनः ९८६३२३६०७७, ९८१८९४५१५१, ९८४३७७३८१७
इमेलः foundationbarbara@gmail.com

(यस सम्मान तथा आवेदन प्रक्रियासम्बन्धि थप जानकारी चाहिएमा बारबरा फाउन्डेसनको ठेगाना वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।)