Call for Application: Barbara Foundation COVID-19 Distinguished Award

Eligible candidates for the Barbara Foundation COVID-19 Distinguished Award are requested to submit their application by January 7, 2021 (Poush 23, 2077).

बारबरा फाउन्डेसन कोभिड१९ विशिष्ट सम्मान आह्वान

यतिबेला नेपाल लगायत विश्वभरि नै कोरोना भाइरसको महामारीले जनजीवन आक्रान्त परेको छ । नेपालभित्र जनस्वास्थ्य तथा पत्रकारिता क्षेत्रका समर्पित व्यक्तिहरू आफ्नो स्वास्थ्यको ख्याल नगरि दिनरात नेपालीहरूको सेवामा खटिरहनुभएको छ । अति आवश्यक क्षेत्रमा उत्कृष्ट सेवा गर्ने यस्ता व्यक्तिहरूलाई बारबरा फाउन्डेसनले कोभिड–१९ विशिष्ट सम्मान प्रदान गर्ने निर्णय गरेको जानकारी गराउँदै योग्य व्यक्तिहरूको मनोनयनका लागि यो सार्वजनिक आह्वान गरिएको छ ।

सम्मान सम्बन्धि जानकारी :

१. सम्मान दिइने विधाहरू तथा सम्मान रकम – चिकित्सक, नर्सिङ्ग, पत्रकारिताका प्रत्येक विधामा २–२ लाख, स्वास्थ्य सहयोगी कर्मचारी १ लाख ।

२. सम्मानको छनोट बारबरा फाउन्डेसन कोभिड–१९ विशिष्ट सम्मान निर्णायक समितिले गर्नेछ ।

३. मनोनयन आफैँले अथवा सहकर्मीले गर्न सक्नेछन् ।

४. मनोनित व्यक्ति नेपाली नागरिक हुनुपर्नेछ ।

५. मनोनित व्यक्ति कोभिड–१९ महामारी विरूद्ध अग्रपङ्क्तिमा रही काम गरेको हुनुपर्नेछ साथै आफ्नो नियमित जिम्मेवारीभन्दा माथि उठी कोभिड–१९ रोकथाम, निदान, उपचार वा जनतालाई सुसूचित गर्ने काममा साहस र समर्पणका साथ योगदान गरेको हुनुपर्नेछ ।

६. मनोनयन सँगै बढीमा ५०० शब्दमा छनोटको औचित्यबारे विवरण (पत्रकारको हकमा अडियो र भिडियो क्लिप वा प्रकाशित सामग्री) पनि लेखी पठाउनुपर्नेछ ।  सिफारिश हुने व्यक्ति कार्यरत संस्थाको प्रमुख वा विभागीय प्रमुख वा प्रधान सम्पादकको सिफारिश समेत साथमा पेश गर्नुपर्नेछ ।

७. सिफारिश हुने व्यक्ति कुनै पनि सरकारी, गैर–सरकारी वा निजी संस्थामा आवद्ध हुन सक्नेछन् ।

८. मनोनयन गर्ने अन्तिम मिति २०७७ पौष २३ गतेसम्म ।

९. यस सम्मानको लागि योग्य व्यक्तिले बारबरा फाउन्डेसनको कार्यालयमा वा इमेल मार्फत् आवेदन पेश गर्न सक्नुहुनेछ ।

आवेदन पेश गर्ने ठेगाना:

बारबरा फाउन्डेसन

थिरबम सडक, बालुवाटार, काठमाडौँ

पोस्ट बक्स: १९८५५

फोनः ९८१८९४५१५१, ९८४३७७३८१७

इमेलः foundationbarbara@gmail.com

(यस सम्मान तथा आवेदन प्रक्रियासम्बन्धि थप जानकारी चाहिएमा बारबरा फाउन्डेसनको ठेगाना वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ )