खोजमूलक पत्रकारिता पुरस्कार–२०८१

सरोकारवाला संस्था तथा पत्रकारको जानकारीका लागि पत्रकारिता पुरस्कार – २०८१ आह्वान गरिएकोबारे अपिल गर्दछौं । पत्रकारिता जगतले सिंगो राज्य पद्धतीमा सुशासनको खोजी गर्न र नियम–कानूनको थिती बसाल्न पुर्याउँदै आएको भूमिकाको सम्मान गर्न पनि यो बिशिष्ट पुरस्कारको थालनी गरिएको हो।

  • हरेक २ बर्षको अन्तरमा प्रदान गरिने  पुरस्कारको राशी २५ लाख रुपैंयाको रहनेछ । पुरस्कारमा  जोडिएको मुद्धाले नेपालको सामाजिक, आर्थिक वा राज्य संयन्त्रमैं परिवर्तन ल्याउन सक्ने वा प्रभाव  देखाउन सक्ने तहको सान्दर्भिक सोध/खोजलाई प्रश्रय दिएको हुनुपर्नेछ ।
  • पुरस्कारमा १५ लाख रुपैंयाको एउटा, ७ लाख रुपैंयाको एउटा र ३ लाख रुपैंयाको एउटा अनुसन्धानमूलक पत्रकारिता पुरस्कार घोषणा हुनेछ ।
  • यसपटक बैशाख २०७९ देखि चैत २०८० सम्म (२४ महिना) भित्रमा  प्रकाशन/प्रशारणमा आइसकेका अनुसन्धानपरक समाचार/सामग्रीले प्रतिष्पर्धामा स्थान पाउनेछन् । बैशाख २१, २०८१ (प्रेस फ्रिडम  डे, २०२४ मे ३) मा यो पुरस्कार प्रदान गरिनेछ ।
  • प्रतिष्पर्धामा आउने सामग्री पत्रपत्रिका, टेलिभिजन, रेडियो, पोडकास्ट वा डिजिटल पोर्टलमा प्रकाशित/प्रसारित हुनुपर्नेछ । यस्ता सामग्रीबारेको आवेदन जोजसले दिए पनि (प्रकाशक, पत्रकार, दर्शक, स्रोता वा पाठक) स्वीकार्य हुनेछ । तर, आवेदकको परिचय स्पष्ट रुपमा खुल्नुपर्नेछ । यो प्रतिष्पर्धाका लागि आवेदन २०८० चैत मसान्त भित्रमा आइसक्नुपर्नेछ ।

पत्राचार ठेगाना : बारबरा फाउन्डेसन, बालुवाटार, काठमाडौं

पोष्ट बक्स नम्बर : १९८५५ फोन : ९८४३७७३८१७

ईमेल: award.barbarafoundation@gmail.com

वेबसाईट: http://barbarafoundation.org/